• २०७८ बैशाख ७ गते मङ्गलवार

मुरुल्ले लेक बन्यो जनताको सहभागितामा पर्यटकीय गन्तव्य, संरक्षणका लागि गाउँपालिका अध्यक्ष बुढाको प्रतिबद्धता

रोल्पा। लुम्बिनी प्रदेशको ऐतिहासिक स्थल रुन्टीगढी गाउँपालिका मुरुल्ले लेकमा निमार्ण गरिएको अर्धनारेश्वर मन्दिरको शनिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष बालाराम बुढाले नवनिर्मित मन्दिरको उद्घाटन गर्नुभएको हो।

समुद्री सतहवाट करिव २१ सय ५० मिटर अग्लो स्थानमा रहेको मुरुल्ले लेकमा रुन्टीगढी गाउँपालिकामार्फत २ लाख, रुन्टीगढी ६ निगालपानी, खारा, डुब्रिङ र सरेचौरका स्थानीय नागरिकको जनश्रमदान, मनकारी सहयोगीदाता, विभिन्न सामुदायिक वन उपभोक्ता समितिलगायतको सहयोगबाट काठैकाठबाट निमार्ण गरिएको मन्दिर निर्माण कार्य सम्पन्न भएको मुरुल्ले म्यागजीनगढी पर्यटकीय विकास समितिका अध्यक्ष चेतलाल पुनले बताउनुभएको छ।

मुरुल्ले लेकको उचाई कुनै अन्य भिउटावर भन्दा कम् नभएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनुभएको छ। यस स्थानबाट उत्तरतर्फ जलजला, धौलागिरी, सिस्नेलगायतका हिमश्रृङखलाहरु देख्न सकिन्छ। दक्षिणतर्फ तराईका विभिन्न समथर भुभाग तथा भारतको केहि ठाँउहरु समेत प्रत्यक्ष अवलोकन गर्न सकिने स्थानीय याम बहादुर थापाले बताउनुभएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले मुरुल्ले लेक जिल्लाकै धार्मिक गहना भएको र यसको संरक्षण, संर्वद्धन र पर्यटकको लागि गन्तव्य स्थान बनाउनको लागि स्थानीय सरकार, स्थानीय नागरिक एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ। मुरुल्लेमा निमार्ण भएको अर्धनारेश्वर मन्दिर क्षेत्रको डिपिआर गरि ब्यवस्थापन गर्ने बिषयमा छलफल अघि बढाएको जानकारी दिनुभएको छ। मुरुल्ले लेकलगायतका स्थानको संरक्षण र ब्यवस्थापनको लागि संघीयलाई अनुमानित ५० लाखको मागपत्र सिफारिस गरेको समेत बताउनुभयो।


उद्घाटन कार्यक्रमको अतिथिहरुमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, रुन्टीगढी गाउँपालिकाका सम्पुर्ण वडाका वडाध्यक्षहरु, ईलाका प्रहरी कार्याललय होलेरीका प्रहरी प्रमुख शंकर खड्का, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि गोविन्द पुन, नेपाली कांगे्रस रुन्टीगढीका सभापति जनक पुनलगायत विभिन्न कार्यालय प्रतिनिधि, संघसंस्थाका प्रमुखहरुको अतिथ्यता रहेको थियो। मुरुल्ले म्यागजिनगढी पर्यटकीय विकास समितिका अध्यक्ष चेतलाल पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य याम बहादुर थापाले गर्नुभएको थियो भने सहजीकरण मुरुल्ले म्यागजिनगढी पर्यटकीय विकास समितिका सचिव सुवास चन्दले गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस