• २०७७ मङ्सिर १९ गते शुक्रवार

टर्की र ग्रीसको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु

एजेन्सी। टर्की र ग्रीसको सीमावर्ती क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भूकम्पका कारण सो क्षेत्रका दर्जनौँ घरहरु भत्किएका छन् । भूक्मपबाट भत्किएका संरचनामा परेर भूकम्पका कारण टर्कीमा २० र ग्रीसमा दुई जनाको मृत्यु भएको बताइएको छ ।

भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ।

टर्कीले भने भूकम्प ६।६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ । भूकम्पपछि त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस