• २०७७ मङ्सिर १९ गते शुक्रवार

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ५८ लाख ९० हजार नाघ्यो

१५कार्तिक, काठमाडौं । हालसम्म विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ५८ लाख ९० हजार ८८ पुगेको छ ।

संक्रमितमध्ये ११ लाख ९३ हजार दुई सय मानिसले ज्यान गुमाइसकेका छन् ।

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३२ लाख नाघेको छ ।

शनिबार बिहानसम्ममा तीन करोड ३२ लाख ३७ हजार एक सय १३ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९३ लाख १४ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ ।

त्यहाँ अहिले पनि ३० लाख ६० हजारभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३५ हजार एक सय ४२ पुगेको छ ।

भारतमा हालसम्म ८१ लाख ३६ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये ७४ लाख ३० हजारभन्दा बढी निको भइसकेका छन् । त्यहाँ अहिले पाँच लाख ८३ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामा छन् ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २१ हजार ६ सय ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस