• २०७७ मङ्सिर १९ गते शुक्रवार

भारतमा थप ४९ हजार जनामा संक्रमण

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ८८ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिए सँगै भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस