• २०७७ मङ्सिर १९ गते शुक्रवार

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

कात्तिक १० गते कडा खालको निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस