• २०७७ कार्तिक ६ गते बिहिवार

सरकार कस्कोः जनताको की माफिया र बीचौलीयाहरुको ?

अहिले पछिल्लो समयमा, नेपालमा कुलमान घिसिङिको बिषयमा सबै नेपालीहरु आन्दोलनमा होमिएको अबस्था छ। यो आन्दोलन निर्वाचनमा पैंसा फालेर जनता बटुलेर जिन्दाबाद र मुर्दाबाद भन्न लगाएको जस्तो होइन। यो भन्दा पहिला कुनै प्रधानमन्त्री होस वा कुनै पनि मन्त्री निस्कासन गर्दा वा आफ्नै कारणले अपदस्थ हुँँदा नेपाली जनताले कुनै चासो देखाएको इतिहासमै पाउँन सकिँदैन,कारण जुन जोगी आए पनि कानै चिरीएकोः जस्तो गयो आउँने पनि ऊस्तै हो भन्ने सोचिन्छ।

कुलमान घिसिङ आफैंमा चमत्कारी गुण भएको ब्यक्ती हुनुहुन्छ। वहाँको कार्यकाल भन्दा अगाडी हामी नेपाली जनताले खपेको त्यो अन्धकार को समय बाट आजीत भैसकेको र सैयौं बर्ष सम्म नेपाल मा यो १७(१८ घंटा को लोडसेडिङ हट्न नसक्ने ठोकुवा गर्दै गरेको मा विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिपङिको आगमन पश्चात देश भरी नै उज्यालो ले छाउँदा खुसी र हर्ष उल्लासको सीमा नै रहेको थिएन। त्यही हर्ष उल्लासको खुसीयालीमा उठेको जत्था हो। जुन जत्था न्यायीक लडाईमा आफ्नो ज्यानको प्रबाह नगरी पुलीसको लाठी, पानीका फोहरा , लात्ती मुक्का र राईफल का कुन्डा हिरासत जस्ता कालकोठरीको प्रभा नगरी नेपाली जनता वारपारको लड़ाईमा लामबद्ध भएको अबस्था छ।

यो आन्दोलनमा लामबद्ध भएका हामी सबै नेपालीहरुले कुलमान घिसिङको चेहरा आमनेसामने भएर नदेखेर पनि उनको समर्थनमा जुटीरहेका छन्। यो आन्दोलनमा कसैको पैंसाको चलखेल छ भन्छ भने त्यो ब्यक्ती खुद अपराधी हो, नाम र चामको पछाडी दौडेका होइनन् नेपाली जनता काम र परीणामको समर्थन गरेका हौं। नौ–नौ अरब घाटामा पारीएको प्राधिकरण अहिलेसम्म बीचौलीयाहरुको हातमै भइदिएको भए आजसम्म टुक्की र पानस मोमबत्तीको साहाराले भान्साको मझेरीमा छुन्मुनाऊंनुपर्ने थियो।

मेरो अबधीसम्म म र मेरा संयन्त्रमा कसैले घुसपैठ भएको तथ्य प्रमाणित गर्छ भने मलाई टुँडीखेलमा ल्याएर झुंण्ड्याऊन सक्नेछन् भन्ने हिम्मत भएका नेपालमा कुनै अफीसर छ भने त्यो ब्यक्ती हो कुलमान। सरकार दो सांधमा रहेको आबस्था छ, जनताको माध्यमबाट सरकारमा पुगेका नेताहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न नसक्नु, जनताको आवाजलाई कदर गर्न नसक्नु, जनताहरुको भावनालाई बुझ्न नसक्नु, जनताहरुको जनजीवीका र दैनीकीको ग्यारेन्टी गर्न नसक्नु, देशमा भैरहेको घुसखोरी र भ्रष्टाचार नियन्त्रणमा ल्याऊंन नसक्नु, देशमा ब्यापक रूपमा फैलिएको जातीय बीभेद को अन्त गर्न नसक्नु , अबोध बालीकाहरु देखी बृद्धा महिलाहरु प्रती भैरहेको बलत्कार र हत्या जस्ता जस्ता जघन्य अपराधको न्यूनीकरण गर्न नसक्नु, एक पैंसा को चलखेल नगरी अरबौं घाटामा डुबेको संस्थालाई खरबौं को लाभ गर्दै नेपाल र नेपालीलाई प्रकाशमय बनाऊंनी कुलमान जस्ता हस्तीहरुको म्याद थप गरी पुनः प्राधिकरण प्रमुखको कार्यकाल थप गर्न नसक्नु, कृषी प्रधान देशलाई,बीचौलीया प्रधान देशमा परीणत गर्नु , नेपाली जनतालाई कानुनी राज्यको प्रत्याभूति गर्न नदिनु भनेको आफैंमा लज्जास्पद बीषय हो,अनी अहिले को सरकार को बाट संचालीत छ भनेर बुझ्न नेपाली जनतालाई कीन अफ्ठ्यारो।

जनताले मतले बनेको सरकार माफीयाहरुको माझमा, बीचौलीयाहरुको काखमा बसीदियो, खर्चीलो नीर्बाचन प्रणालीमा पुर्याएर, चुनाव खर्च दिंदै निर्वाचित सरकारलाई आफु खुसी चलाऊंनु पनि कुनै आश्चर्यको बिषय होईन । जाएज माग राखेर शान्तिपूर्ण तरीका बाट कुलमान घिसिङको कार्यकाल थप गरीयोस भनी स्वचालित नेपाली जनता माथी सरकारले जबर्जस्ती पुलीस परीचालन गरी निरमम दमन गरीरहेको अबस्थामा हामी भारतमा रहेका सम्पूर्ण प्रबासी नेपालीहरुलाई पनि सैह्य नभएको अबस्था छ, यो सरकारको रवैया प्रती भारतमा रहेका प्रबासी नेपालीहरु घोर भत्सर्जना गर्दछौं । यो समयमा नेपाली जनताले चालेका कदमहरूमा संम्पुर्ण प्रबासी नेपालीहरुको तर्फबाट समर्थन र एक्यबद्धता जाहेर गर्दछौं।

कुलमान घिसिङको विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखको कार्यकाल पुनः थप गर्न का लागी सरकारसंग अखील भारत प्रबासी नेपाली संघ जोरदार माग गर्दछौं। अन्यथा यो समयमा नेपाली जनताले चालेका कदमहरूमा संम्पुर्ण प्रबासी नेपालीहरुको तर्फबाट समर्थन र एक्यबद्धता जाहेर गर्दछौं।

प्रतिक्रिया दिनुहोस