चर्चित गायक तथा गीत संकलक शालिकराम भण्डारीको शब्द, गायक यज्ञ सापकोटा र गायिका तेजु सापकोटाको स्वरमा रोटी रत्यौलीको नयाँ गीतले यतिबेला संगीत बजारमा निकै चर्चा पाएको छ।
अहिले चर्चामा रहेको उक्त गीतमा गायक रामजी खाँणले अभिनय गरेका छन्। अभिनयमा खाँणसँगै पवित्रा काफ्लेले समेत साथ दिएकी छन्।
रोटी रत्यौलीको गीतमा गायक सापकोटाको संगीत रहेको छ। गीत अकला देवी म्यूजिकको अफिसियल युटुवबाट सार्वजनिक गरिएको छ।
मदन खड्काले निर्देशन गरेको गीतको छायाङ्कन बिरेन्द्र भट्टले गरेका हुन्। गीतको एरेन्ज महेश विक्रम पाण्डे र सम्पादन अमृत चापागाईले गरेको बताइएको छ।