नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब परिक्षण गर्दा कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षणनदेखिएको बताइएको छ ।
उनको स्वास्थ्य सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।अहिले उनी आफ्नै निवासमा क्वारेन्टाइनमा वसेका छन् ।