• २०७७ कार्तिक १३ गते बिहिवार

बेइमानी ठेकेदारको घरमा बस्दै आएका ‘प्रचण्ड’ नयाँ डेरा खोज्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरको खोजीमा लागेका छन्। उनले सचिवालयमार्फत पायक पर्ने नयाँ घर खोज्न निर्देशन दिइसकेको बुझिएको छ।

एक टेलिभिजन अन्तर्वार्तामा समेत नयाँ घरमा छिट्टै सर्ने बताएका प्रचण्डले सचिवालयलाई पनि घर खोज्न भनिसकेका छन्। पटक–पटक हालका घरबेटी शारदाप्रसाद अधिकारीसँग नाम जोडिएपछि उनले नयाँ घरमा सर्ने तयारी गरेका हुन्।

पछिल्ला केही वर्षदेखि प्रचण्ड खुमलटारस्थित अधिकारीको घरमा भाडामा बस्दै आएका छन्। अधिकारीले विभिन्न ठेक्कापट्टा आफ्नो हात पार्दै आएको र ‘बेइमानी गर्ने’ गरेपछि उनीसँग नेकपा अध्यक्ष प्रचण्डको नाम जोडिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस