• २०७७ कार्तिक ६ गते बिहिवार

ललितपुर महानगर प्रमुखलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

ललितपुर महानगरपालिकाका प्रमुख, चिरीबाबु महर्जनलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

गएको विहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भीडलाई उत्तेजित पार्दै ललितपुर महानगर प्रमुखलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा ४३ वर्षीय सञ्जय शाक्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी ललितपुर महानगरपालिका-१३ कुसुन्तीका वासिन्दा हुन्।

पुल्चोकमा भएको घटनामा ढुङ्गामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका प्रमुखलाई ज्यान मार्ने धम्की दिएको भन्दै शाक्यलाई  महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस