• २०७७ कार्तिक १२ गते बुधवार

स्वाथ्यमन्त्री भानुभक्त ढकालको परिवारमै कोरोना, मन्त्री हाेम क्वारेन्टाइनमा

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । उनले अनलाइनखबरसँगको कुराकानीमा आफू क्वारेन्टिनमा बसेको पुष्टि गरे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्री ढकाल होम क्वारेन्टाइनमा रहेको पुष्टि गरे। तीन दिन अघि उनका परिवारका सदस्यमा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस