गजल
आज काल धर्म सस्कार बोली बिर्सिय
फेसन गर्न थाले गुन्निऊ चोली बिर्सिय।
रतेउली चाड पर्ब आदि इत्यादि छोडि
कति चाडै दुलहि बोक्ने डोली बिर्सिय।
बजार बसाइँ सरी बिदेश तिर हिने
गाउँ घरका ति रमाइला खोली बिर्सिय।
तोरि पेल्ने कोल धान कुट्ने ढिकि छोडि
भारि बोक्ने डोका नाम्लो झोली बिर्सिय।
हलो जोत्न कुटो कोदालो खन्न छोडि
पालो पैचो गर्ने मिलेको टोलि बिर्सिय।
बझाङ्ग छान्ना
हाल- मलेसिया