• २०७७ कार्तिक ६ गते बिहिवार

देख्छु मैले (प्रितम पाण्डे)

देख्छु मैले हिजोआज
नामी मान्छेको घर बिग्रिएको
घरको छानोबाट पानी चुहेको
शरीर घाउ खटिराले कुहेको
सन्तानहरू बुद्धिहीन भई तुहेको
ठाडो शिर लाज मानेर नुहेको ।

देख्छु मैले हिजोआज
नामी मान्छेको घर बिग्रिएको
छोरो कुमार्गमा लागेको
छोरी कुमान्छे लिएर भागेको
नीति नियमहरू सबै नागेको
नशा सेवन आदिमा जागेको ।

देख्छु मैले हिजोआज
नामी मान्छेको घर बिग्रिएको
श्रीमती साँझपछि मातेर नाचेको
श्रीमानको प्रतिष्ठा नै भाँचेको
शूपर्णखा स्वभाव लिएर बाँचेको
मन्थराको बुद्धिमात्र साँचेको ।

देख्छु मैले हिजोआज
नामी मान्छेको घर बिग्रिएको
ऊ हिंडेको छ समाजको गर्न उन्नति
थाहा नै छैन घरभित्रको अवनति
अरूलाई बनाउँदा आफ्नै भएछ खति
सतर्क नभए हुनेछ अझै ठूलो क्षति ।

(अधिकाँश घर-घरको कथा हो, यो।)

प्रतिक्रिया दिनुहोस