• २०७७ कार्तिक १३ गते बिहिवार

उपत्यकामा एकैदिन थपिए ४ सय ५४ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा संक्रमित हुनेको संख्या ७ हजार ४ सय ९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन् ।

देशैभरि संक्रमित हुनेहरुको संख्या ४४ हजार २ सय ३६ पुगेको प्रवक्ता जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस