• २०७७ कार्तिक ६ गते बिहिवार

रातो मच्छिन्द्रनाथ रथ तान्दा प्रहरी र स्थानीयबीच झडप

निषेधाज्ञा तोड्दै स्थानीयले रातो मच्छिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ। त्यसक्रममा स्थानीय र प्रहरीबीच झडप पनि भएको छ।

प्रहरीले बल प्रयोग गरेपछि अहिले स्थानीयले प्रहरीलाई ढुङ्गामुढ हानिरहेका छन्। प्रहरीले अश्रुग्याँस हानेकाे छ।

गत साउन १० गते नै मच्छिन्द्रनाथलाई रथारोहण गरिएको भएपनि लकडाउनका कारण रथ तानिएको थिएन।

अहिले रथलाई पाटनतिर लगिँदैछ। सुरुमा डोजरले तान्ने भनिएपनि अहिले रथ स्थानीय आफैले तानिरहेका छन्। रथयात्रामा ठूलो संख्यामा मानिस जम्मा भएका छन्।

प्रतिक्रिया दिनुहोस