• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेकपा महासचिव विष्णु पौडेल अर्थमन्त्री बन्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन्।

वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः अर्थमन्त्रीको जिम्मेवारी दिँदा पार्टीमा विवाद बल्झने संकेत देखिएपछि प्रधानमन्त्रीले यस्तो वैकल्पिक तयारी गरेका हुन्।

पार्टी सचिवालयको बिहीबारका लागि डाकिएको बैठकका एजेण्डाबारे छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्ड बुधबार अपरान्ह प्रधानमन्त्री निवास, बालुवाटार पुगेका थिए। त्यसै भेटघाटमा प्रधानमन्त्री ‌ओलीले अर्थमन्त्रीको जिम्मेवारी महासचिव पौडेललाईलाई दिन चाहेको बताएको नेकपा स्रोतको दाबी छ।

प्रचण्ड फर्किएलगत्तै बुधबारै साँझ एमाले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार डाकेर पौडेललाई अर्थमन्त्री बनाउनेबारे छलफल गरेका छन्।

महासचिव पौडेल केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला ०७२ कात्तिक १९ गतेदेखि ०७३ साउन १७ सम्म अर्थमन्त्री भइसकेका नेता हुन्। उनी प्रधानमन्त्री ओलीनिकट मानिन्छन्।

उपाध्यक्ष वामदेव गौतमसँग पनि उनको घनिष्ठ सम्बन्ध छ। त्यसबाहेक कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि उनको सम्बन्ध राम्रो छ।

प्रतिक्रिया दिनुहोस