• २०७७ कार्तिक ६ गते बिहिवार

परिवर्तन कुराले हुँदैन, व्यवहारमा हुन्छ !

जता हेरेनी तेसतै तेस्तै छ हाम्रो देश नेपालमा दलितको समस्या दलित कै दुष्टिकोणले हेर्ने हो भने दलित शब्दबाट बनेको पहिचान नै पहिलो समस्या रुपमा देखा परेको छ किनकी यस शब्दले नै उसको सामाजिक मर्यादालाई स्पष्ट रुपमा सम्मानको अवस्था भन्दा ठिक विपरित अवस्थालाई इकिंत गर्दछ।

दलितको लडाई भनेको त जातिय समानताका लागि हो। जुन लडाई त्यो शब्दले जित्न सक्दैन। दलितको जातिय समानता र जातिय मुक्तीका लागि नयाँ ढगंको सोच र संस्कृतिक थालनी गरेर मात्र समाज रुपानतँर हुन सक्छ। भनिन्छ जसले जित्छ उसैको इतिहास लेखिन्छ। नेपालमा अहिलेसम्म विजेताका रुपमा उच्चजातिय राजा महाराजाहरुको इतिहास लेखिएको छ। दलितहरुको कुनै इतिहास छैन? किन भने दलितहरु दास, भरिया, हलिया, अछुत थिए र इतिहासमा दलितलाई विजेता बन्न दिइएन। दलितलाई अहिलेसम्म सबै तिरबाट पिछडीयको छ।

दलित समुदाय श्रम, शिप र कलाको माध्यमबाट नेपाली समाजको अत्यावश्यकिय खाँचो र राष्ट्र निर्माणमा गरेको अमुल्य योगदानको लेखोजोखो गरिएको छैन।

पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तार अभियानदेखि माओवादी जनयुद्धमा जुत्ता, झोला, बन्धुक र वर्दी बनाउने दलित समुदाय नै थिए। तीनीहरुको योगदानको कतै चर्चा गरिएको छैन किनभने इतिहास लेख्नेहरु विजेता नै थिए। उनीहरुले आफ्नै इतिहास लेखे। गैर दलितले दलितको इतिहास लेख्दै लेखेनन्।

नेपालमा दलित समुदायका लेखकहरुले आफ्नो समस्या पहिचान गरी समाधान उपाय खोज्ने र लेख्ने परम्परा को थालनी भएको धेरै भएको छैन। दलित मामिलामा राजनीतिक र सामाजिक सवाललाई लिएर केही पुस्तक लेखिएका छन्।

तर दलितमाथीको जातिय अत्याचार र आधारमा अली धेरै बहस गरिएका छैनन। केही सिमित मात्रामा मात्र पुस्तकहरु पनि प्रकाशित छन।

दलित आन्दोलन एजेण्डा दलित मामिलामा बिर्सिएका विषयहरुको पहाड निकै अग्लो छ। दलित सम्बन्धि कथा–व्यथा समेटर लेख्नुपर्ने साहित्यको महासागर अझै रितै छ।दलित मामिलामा लेख्ने लेखकहरुका लागि मैदान खाली छ। जताबाट जुन कोणबाट जे विषय र जसरी लेखे पनि, त्यो विषय नयाँ र रुचिकार नै हुन्छ। दलित विषयमा पर्याप्त खोज भएको छैन। दलित मामिलामा बोलिएको छैन। लेखिएको छैन त्यसैले यो मामिला सुनिएको पनि छैन अपूर्ण र असमानता ले भरिएको छ।

न्याय सबैकालागि बराबर हुन्छ भन्ने कुरा संबिधानमा उल्लेखनै गरिएको छ तर हाम्रो देश नेपालमा न्याय सबैलाई प्रदान गर्दैनन्।अपराध र अपराधीलाई राजनितीक आडमा बचाउने प्रयास गरिन्छ अपराधीलाई कानुनी कारबाही हुनुपर्ने तर संबिधान मा कानुन बनेपनि त्यो संबिधानमै सिमित रहेको छ।

हाम्रो देश नेपालमा सत्ता र सरकार जति परिबर्तन भयपनि दलित बर्ग का लागि कानुन छ जस्तो देखिदैन धनिवर्गले ,राजनितीपावर भएका ब्यक्तिहरुले जस्तोसुकै अपराध गरेपनि तिनिहरुलाई कानुन छैन तर सर्बसधारण ले केही गल्ती गरेमा तिनिहरुलाई भएनभएका झुटा आरोपहरु लगाएर जेल पठाईनछ एसिड प्रहारका घटना हत्या हिंसा बलात्कार लगायतका कयौं घटना सर्बसधारणले भोगिरहेका छन् तिनिहरुको लागि न्याय छैन?

अब आम नागरिकको लागि न्याय कसैले दिलाई दिनेवाला छैन! अब नेपाली समाजमा सबैलेअन्याय र अत्याचारका बिरुद्धमा एक सामुहिक अवाजलाई बुलन्द्व पर्दै आफुमाथि भएको अन्याय, अत्याचार, दमन, शोषण हत्या-हिंसा जस्ता अपराधलाई न्यायको लागि यस्ता अपराधिक क्रियाकलापबिरुद्ध लडनका लागि एकता नै आजको आवशकता हो। देशमा नेपाली नागरिकले अब न्यायका लागि परिवर्तनकारी समाज लागि रहेको छ शसक्त एकताबद्ध बुलन्द्व आवाज समानताका लागि न्यायको पक्षमा र समाज परिवर्तनको पक्षमा अभियन्ताहरुले कलम समात्ने हरु कलम लिएर आवाज विहिन को आवाज निमुखाहरुको आवाज लाइ अगाडी लिएर ,अब कुनै ब्यक्तिगत मुद्दा होइन साझा मुद्दा हो भनेर सिङ्गो देशको झण्डा लिएर युवाहरु सकृय भएपछि प्रगतिशिल समाज समृधि बनाउन हाम्रै पालामा सम्भब छ।

परिवर्तन कुराले हुँदैन, व्यवहारमा हुन्छ । नीतिमा हुँदैन,न्यायमा हुन्छ। कानुनले हुँदैन,कार्यान्वयनमा हुन्छ। कठोरतामा हुँदैन,लचकतामा हुन्छ । सिद्धान्तले हुँदैन, शिलन्यासमा हुन्छ। धर्ममा हुँदैन, कर्ममा हुन्छ। जातमा हुँदैन साथमा हुन्छ । भाषणले हुँदैन, रासन र आसनमा हुन्छ। आवाजविहीनको आवाज, निमुखाको आवाज बनेर दलितका समस्या सुल्झाउन प्रयास गर्न समानताकालागि यो कलयुगमा इमान्दार सहयोद्धा अभियन्ता को खाचो छ।

प्रतिक्रिया दिनुहोस