• २०७७ कार्तिक ६ गते बिहिवार

नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पीएसजीले बुधबार एक विज्ञप्ति जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण भएको बताएको थियो । क्लबले खेलाडीको नाम भने सार्वजनिक गरेको थिएन । तर फ्रान्सको ले’एकिपेले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको जनाएको छ । पीएसजीको लिग खेल स्थगित भएपछि खेलाडीले केहि विश्राम पाएका थिए ।

नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा छुट्टी मनाउन गएका थिए । यूईएफए च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पीएसजी पहिलो उपाधिबाट बन्चित भएको थियो । पीएसजी इतिहासमै पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो ।

फ्रान्सेली लिगको नियम अनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस