• २०७७ कार्तिक १३ गते बिहिवार

राज्यकोषको दोहन बन्द गर- कांग्रेस बरिष्ठ नेता पौडेल

धान रोपाईँ सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु दुःखद कुरा हो ।

पूर्व तयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा सयम गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नु वर्तमान सरकार कृषकप्रति उदासीन रहेको प्रष्ट देख्न सकिन्छ । सरकारको यस प्रकारको क्रियाकलापले कृषकलाई निरुत्साहित गरेको छ ।

गरिब किसानले दुःख कष्टका साथ लगाएको धानवाली पहेँलिने अवस्थामा समयमै मल नहाल्दा बाली विग्रने, धान उत्पादनमा ह्रास आउने र त्यसैको उपज उत्पादनमा असर परी भोकमरी हुने अवस्था नआउला भन्न सकिन्न ।

कोरोना महामारीसँगै मलको अभाव हुँदा कृषकको बाली नष्ट हुने, श्रम खेर जाने र खाद्यान्नको अभाव हुने देखिन्छ ।

सरकारलाई कृषकको पीडावोध गरी तत्काल निकाशको बाटो खोजेर कत्तिपनि विलम्ब नगरी मल आयात गरेर सहुलियतदरमा मल उपलब्ध गराउन हाम्रो माग छ ।

मल आयातमा भइरहेको ढिलाई , भ्रष्टाचार तथा अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई सख्त कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।

काठमाडौं,
१६ भाद्र २०७७

प्रतिक्रिया दिनुहोस