• २०७७ कार्तिक १२ गते बुधवार

भारतमा पब्जीसहित ११८ मोबाइल एप्स प्रतिबन्ध

भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा यी मोबाइल एपहरु भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही रहेको बताएको छ ।

अहिले भारतले प्रतिबन्ध लगाएका एपहरुमा धेरै एप चीनसँग जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस