• २०७७ कार्तिक १२ गते बुधवार

दिल्लीको मेदान्त अस्पतालका कार्यरत नेपाली चिकित्सक डा. शाहले गरे आत्महत्या

भारतको मेदान्त अस्पतालमा कार्यरत रोबोटिक कलेजो प्रत्यारोपणका विशेषज्ञ ४१ वर्षीय नेपाली चिकित्सक डा. सुजित कुमार साहले आत्महत्या गरेका छन्।

भारतको अनलाइन पत्रिका ‘दैनिक ट्रिब्यून’ले साहले मंगलबार आफू बस्दै आएको गुडगाँउको अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको जनाएको छ।

प्रहरीले घटनास्थलबाट अहिलेसम्म ‘सुसाइड नोट’ लगायत कुनै प्रमाण फेला पार्न सकेको छैन। उनको आत्महत्याको कारण घरेलु समस्या हुनसक्ने आंशका गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

डा. साहका परिवार भारतको हिमान्चल प्रदेशमा बस्दै आएका छन्, भने उनकी श्रीमती ६ वर्षकी छोरीसँग पश्चिम बंगालमा बस्दै आएकी छन्। उनी केहि समययता श्रीमतिसँग छुट्टीएर बस्दै आएका थिए। भारतमा बस्नुअघि उनको घर विराटनगरमा थियो।

डा. साह निकटका चिकित्सक तथा कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काका अनुसार उनी रोबोटको माध्यमबाट कलेजो प्रत्यारोपण गर्ने चर्चित विशेषज्ञ चिकित्सक हुन्।

प्रतिक्रिया दिनुहोस