• २०७७ कार्तिक ६ गते बिहिवार

पछिल्लो २४ घन्टामा ११२० थपिँदा १११२ निको भए ,थप १२ को मृत्यु

पछिल्लो २४ घण्टामा मुलुभर थप ११२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको पीसीआर परीक्षणमा ८०० पुरुष र ३२० महिलामा संक्रमण देखिएको हो।

योसँगै देशभर संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। यसमध्ये २३२९० निको  भएका छन्। पछिल्लो २४ घन्टामा १११२ मानिस निको भएका हुन्।

गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८१०७ छ। जसमध्ये ७६१५ होम आइसोलेसनमा छन् भने १०४९३ जना संस्थागत आइसोलेसनमा छन्।

देशभर क्वारेन्टिनमा रहनेको संख्या सात हजार ६७६६ रहेको मन्त्रालयका प्रवक्ता, गौतमले बताए।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ३८८ जनामा संक्रमण देखिएको छ। जसमध्ये काठमाडौंमा ३५० ललितपुरमा २९ र भक्तपुरमा ९ जना छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। मृतकहरूमा ६ जना महिला र ६ जना पुरूष छन्। चितवनका ५५ र १८ वर्षिया, काठमाडौं ७९ वर्षिया, ललितपुरको ७० वर्षिया, तनुहुँकी २० वर्षिया र कपिलबस्तु ६० वर्षिया महिलाको निधन भएको हो।

यस्तै बाराका ९७ वर्षिय, चितवनका-६५ वर्षिय, भक्तपुरका ४० वर्षिय, काठमाडौंका ७० र ७५ वर्षिय र धादिङका ४७ वर्षिय पुरूषको निधन भएको हो। यो सँगै नेपालमा कोरोना भाइरसबाट मर्नेको कुल संख्या २५१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस