• २०७७ कार्तिक १२ गते बुधवार

चिनियाँसँग भएकाे भिडन्तमा भारतीय सैनिक मारिएको दाबी

गत शनिबार र आइतबार राति प्याङगोङ ताल क्षेत्रमा भएको झडपमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ।

दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा भारतका २० सैनिक मारिएका थिए।

यसपछि दुवै देशका सैनिकबीच सीमा क्षेत्रमा शान्ति कायम गर्ने सहमति भएको थियो। तर पनि फेरि झगडा परेको हो।

चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ। तर हताहतीबारे नभएकाे भारीय सेनाले जनाएकाे छ।

भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया दिएकाे छैन।

विगत चार महिनादेखि भारत र चीनबीच लद्दाखको  प्याङगोङ र लद्दाखको गलवान उपत्यकाको संवेदनशील क्षेत्रलाई लिएर तनाव भइरहेकाे छ। यता यही विवाद सल्टाउन भारतको पहलमा दुई देशका लेफ्टिनेन्ट जनरल तहमा वार्ता भइरहेको छ।

प्रतिक्रिया दिनुहोस