• २०७७ कार्तिक ६ गते बिहिवार

भारतमा नेपाली मजदुर एकता समाजको गोवा राज्य समिति गठन, अध्यक्षता गणेश चन्द

आइताबारको दिन भारतको गोवा राज्यमा नेपाली मजदुर एकता समाज भारतले राज्य समिति गठन गर्न सफल भएको छ। ल़कडाउनको पालना गर्दै सामाजिक दुरीका साथ भारत सरकार द्वारा तोकियो नियम अनुसार ५० जनाको भेला मार्फत गोवा राज्य समिति गठन गरेका हुन् ।

मजदुरका लागी मजदुर अभियान संचालन गर्दै आएको नेपाली मजदुर एकता समाजले केहि दिन अगाडी मात्रै प्रथम वाषिर्क उत्सव सफलतापूर्ण संपन्न गरेको हो। एक वर्षको अन्तरालमा निकै ठुला ठुला चुनौती पार गर्दै श्रमजीवी नेपाली हरुको पक्षमा निरन्तर संघर्षरत गर्दै आइरहेको नेपाली मजदुर एकता समाजले कहि महिना अगाडी मात्रै विभिन्न २२ वटा देशमा संयोजक प्रतिनिधि तोकेर आवश्यक काम कार्रवाई अगाडी बढाउदै आएको थियो। केहि दिन अगाडी माल्दिभ्समा समिति बिस्तार गरेको लगत्ये नेपाल मजदुर एकता समाजले भारतमा पनि समिति गठन गर्न सफल भएको थियो।

भारतमा केन्द्रिय समिति गठन हुन् साथ् तिर्व गतिमा भारतका प्रत्येक राज्यमा नेपाली मजदुर एकता समाजको राज्य समिति गठन हुदै आइरहेको छ। भारत शाखाका वरिष्ठ उपाध्यक्ष राजेन्द् कुंवर र केन्द्रिय सचिव अशोक शाहीको सक्रियतामा महाराष्ट्र राज्यमा राज्य समिति गठन भएको थियो र यसै गरि महासचिव धर्मेश खत्रीको रोवरमा गुजरात राज्य समिति गठन गर्न सफल भएका हुन्। राज्य समितिलाइ विस्तार गर्दै नेपाली मजदुर एकता समाज भारतले आइताबारको दिन गोवामा गोवा राज्य समिति गठन गर्न सफल भएको छ। लामो समय देखि सामाजिक र राजनैतिक सेवामा सक्रिय व्यक्तित्व प्रेम शेर्पालीको पहलमा गोवामा बसोबास गर्ने नेपाली सामाजिक व्यक्तिहरुलाइ हातेमालो गर्दै गोवा राज्य समिति गठन हुन् सफल भएको हुन्।

नेपाली मजदुर एकता समाज भारतको गोवा राज्य समितिका प्रमुख सल्लाहकार प्रेम शेर्पालीको उपस्थितिमा गोवा राज्य समिति अध्यक्ष गणेश चन्द, उपाध्यक्ष राम रावल, महासचिव कुबेर केसी, सचिव यम प्रकाश केसी, कोषाध्यक्ष श्रीराम ओली, प्रवक्ता मानन्धर डाँगी साथै सदस्यतामा जुन मगर, कमल परियार, वीर खड्का, भुवन डाँगी, तेज रावल, टंक केसी झारण परियार, भीम ओली, राम कुमार परियार, मान बहादुर ददेल, नरिभान खड्का, नारायण बुढा, कृष्ण ओली, पहल महर, भीम महर, प्रेम डाँगी र किंग श्रीपाली रहेका छन्।

यसै गरि केहि दिन पहिला महाराष्ट्र राज्य र गुजरात राज्यमा नेपाली मजदुर एकता समाज भारतको राज्य समिति गठन भएको हो।

नामावली यसप्रकार छन

महाराष्ट्र राज्य समिति –

प्रमुख, अशोक शाही महाराष्ट्र राज्य समिति अध्यक्ष लाछिराम सोनाम, बरिष्ठ  उपाध्यक्ष सबिना शाही, उपाध्यक्ष अम्बर बिष्ट, महासचिव राकेश भुल, सचिव-डीपी थापा, कोषाध्यक्ष-निरूता शाही, सदस्य बलराम भुल, सदस्य दिपक बिष्ट, सदस्य-अशोक भुजेल, सदस्य लोकमान नेपाली, सदस्य रेबन्त ब बोगटी, सदस्य पुरन ब कुंवर सदस्य खम्म ब खड्का सदस्य सागर बिक, सदस्य कालु सिंह धामी। हाल महाराष्ट्र राज्य समिति १५ सदस्य रहने गरि बिधिवत रूपमा सहमतिको आधारमा समिति निर्माण गरिएको छ साथै आवश्यकता अनुसार राज्य समितिको बैठक बाट निर्णय गरी सदस्य थप-घट गर्न सकिनेछ।

गुजरात राज्य समिति

विशेष सल्लाहकार रसाइली, अध्यक्ष तिलक बिसी, वरिष्ट उपाध्यक्ष याम खड्का, उपाध्यक्ष भिम बहादुर आउजी, महासचिव गोबिन्द सुनार, सचिव अशोक खत्री, कोषाध्यक्ष भुपेन्द्र खत्री, सदस्य लोकेन्द्र बिसी, सदस्य कबिराम थापा, सदस्य, टंकराज पाण्डे, सदस्य गोविन्द सुनार, सदस्य तपेन्द्र ताम्राकार, सदस्य भक्कु बहादुर

भारतको गोवा राज्यमा कोरोना त्रास र ल़कडाउनको तालाबन्दीको विषम परिस्थितिमा समस्यामा चुर्लुम्ब डुबेका प्रवासी नेपालीहरुको समस्या प्रति राजनीतिक र सामाजिक संस्थाहरुको खासै योगदान देखिएन। मजदुर वर्गको समस्याको जानकारी मजदूर वर्गलाइ नै जानकारी हुने र समस्याको समाधान पनि मजदुर वर्गले गर्न सक्ने सम्भावना हुनाका कारणले गोवा सहित भारतका विभिन्न राज्यमा सामाजिक व्यक्तित्व सहित प्रवासी नेपालीहरु को दिन प्रतिदिन नेपाली मजदुर एकता समाजमा सदस्यता लिने लर्को लागेको छ।

भारतमा नेपाली मजदुर एकता समाज एक मात्र सामाजिक संस्था हो जुन भारतको विभिन्न राज्यमा राज्य समिति बनाउन सफल भएको छ। यस संस्थामा नेपाली समाज प्रति चासो राख्ने नेपाली, नेपाली राजनीतिमा ठुलो समय विताएका राजनीतिक व्यक्तित्व, युवा पत्रकारका साथै समाज सेवामा निरन्तर आफ्नो योगदान दिदै आइरहेका व्यक्तित्वहरुको समुह सक्रिय रहेको छ। यस संस्थाले गत एक वर्ष देखि विदेशमा अलपत्र परेका पिडित नेपालीहरुको आवाज बन्दै अवाज बिहिनहरुको अवाजलाइ सम्बन्धित निकाय सम्म पुर्याउदै उद्धार कार्यमा अग्रिम भूमिका निर्वाह गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस