• २०७७ कार्तिक १० गते सोमवार

काठमाडौंका मेयरलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण भएको छ।

उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको स्रोतले बताएको छ।

‘उहाँको पत्नीलाई सन्चो नभएपछि दुई दिनअघि दुबै जनाले स्वाब दिनुभएको थियो। तर, उहाँ पत्नीलाई भने कोरोना संक्रमण देखिएन,’ स्रोतले भन्याे।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएको स्रोतले बतायो। ‘लक्षण देखिएको छैन। स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै बसिरहनु भएकाे छ,’ स्राेतले भन्याे।

उनी श्रीमतीलाई ज्वरो आएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस