• २०७७ कार्तिक १३ गते बिहिवार

‘लोकले के भन्लान् भनेर डर लाग्नुपर्ने होइन र?’

कांग्रेस नेता गगन थापाले डा. गोविन्द केसीमाथि भएको प्रहरी दुर्व्यवहारको भर्त्सना गरेका छन्।

ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गरिएको बताउँदै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लोकले के भन्लान् भनेर डर लाग्नुपर्ने होइन र?’ भन्दै प्रश्न गरेका छन्।

शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै थापाले सरकार प्रमुखको मनमा नागरिकको डर नभए उसले नागरिक शासन सुरक्षित गर्न नसक्ने उल्लेख गरे। ´जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसँग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन,´ थापाले लेखेका छन्।

चिकित्सा शिक्षामा सुधारको मागसहित सत्याग्रह सुरु गर्न लागेका डा. केसीलाई जुम्ला सदरमुकामस्थित होटेलबाट प्रहरीले बिहीबार बाहिर निस्कन अवरोध गरेको थियो।

प्रतिक्रिया दिनुहोस