• २०७७ कार्तिक ८ गते शनिवार

‘यो मुक्त भूमि हो बुद्ध भूमि’ – वामदेव गौतम

पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् ।

आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् ।

गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ ।

राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् ।

गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् ।

गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्दादन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस