• २०७७ कार्तिक १३ गते बिहिवार

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

नेपालमा शनिबार थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाल्पाकी ३० वर्षीय एक महिला, काठमाडौँकी ५१ वर्षीय एक महिला र ८३ वर्षीय एक पुरुष, भक्तपुरकी ६२ वर्षीय एक महिला र ८२ वर्षीय एक पुरुष, पर्साका ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहाका ८४ वर्षीय एक पुरुष, गोरखाका ३८ वर्षीय एक पुरुष, कास्कीका ५८ वर्षीय एक पुरुष, लतीतपुका ७२ र ६१ वर्षीय दुई पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस