• २०७७ कार्तिक ९ गते आइतवार

दैलेखमा सुत्केरीले उपचार नपाउँदा ज्यान गयो

दैलेखमा उपचार नपाउँदा सुत्केरीको ज्यान गएको छ। सुत्केरी २३ वर्षीया पार्वती शाहीको उपचार अभावमा निधन भएको हो।

अत्याधिक रक्तश्रावका कारण उपचारमा ढिलाइ हुँदा उनको निधन भएको हो। अत्याधिक रक्तश्राव हुँदा पनि स्वास्थ्य केन्द्रको लापरवाहीले उनको मृत्यु भएको आफन्तले बताएका छन्।

मृतक शाहीले छोरीलाई जन्म दिएको र छोरीको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले बनाएको छ।

कर्णाली प्रदेश अस्पतालले शुक्रबार राती १२ बजे पार्वतीलाई मृत घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस