• २०७७ कार्तिक ४ गते मङ्गलवार

बेङ्गलोरमा स्थानीयद्वारा एक नेपालीमाथि निर्घात कुटपिट

भारतको बेङ्गलोरमा एक नेपालीमाथि निर्घात कुटपिट भएको छ।

मुर्गेशपाल्यामा कुकिंग काम गर्दै आएका बझाङका पुस्कर पुजारालाई ७ जनाकाे समूहमा रहेका स्थानिय युवाहरुले कुटपिट गरेका हुन्।

पुजाराका अनुसार शुक्रबार राति करिब ८ बजेतिर अपरिचित व्यक्तिले फोन गरेर उनलाई बोलाएका थिए।

‘खाना बनाउन मलाई कुक चाहियो भनेर एकजनाले मलाई फोन गरेर दमलोरमा बोलाए,’ उनले बिएल नेपालीसँग भने,‘त्यहाँ जाने बितिकै एक कोठामा लगेर ७ जनाले कुटपिट गरे।’

उनका अनुसार घटनामा संलग्न सोही स्थानका लोकल व्यक्तिहरु हुन्।  उनीहरुले आफूसँग रहेको मोबाइल, पर्स र एटीएम कार्ड, आधार कार्ड  र ड्राइभिङ लाइसेन्स पनि लुटेको पुजराले बताए।

‘भए भरको सबै लुटे। तर दुई जनाको हातमा काटेर एक जनालाई धकेल्दै भागे। पछि मलाई मार्‍यो आउ मलाई बचाउ भन्दै छिमेकीसँग हारगुहार मागेर म बच्न सफल भएँ,’ उनले भने।

उनका अनुसार प्रहरीले घटनामा संलग्न ७ जनामध्ये ५ जनालाई हिरासतमा लिएको छ। तर, २ जना मेन नाइके भने भाग्न सफल भएको पुजराले बताए।

प्रहरीका अनुसार फरार भएकालाई खोजी गर्न व्यापक प्रहरी परिचालन गरिएको छ।

भारत बेङ्गलोरका स्थानियद्वारा एक नेपालीमाथि निर्घात कुटपिट

प्रतिक्रिया दिनुहोस