• २०७७ कार्तिक ४ गते मङ्गलवार

कमरेड छोरी, ज्वाइँ र बुहारीको विषयमा पनि बोल्ने हिम्मत राख्नुहोस् !

एक भित्ता लामो आत्मावितान्त लेख्दै अखिल सह – संयोजक भन्नू हुन्छ “सम्धि नियुक्तिमा चु नबाेलेर दुला पसेकाहरु ८१ लाख बिद्यार्थीकाे भबिष्य बारे बाेल्दा किन बरबराएका हुन्?”

देशकै ठूलो विद्यार्थी संगठन भएपछि आफ्नो जिम्मेवारी बोध गर्दै संगठनमा छलफल गरि एकताबद्ध रुपमा अहिलेको यो जटिल परिस्थितिमा विद्यार्थीका लागि योजना सहित सरकार सग माग पेश गर्न छोडेर, लाखौंलाख विद्यार्थीको आशा र भरोसालाई अवमूल्यन गर्दै एकलौटी हस्ताक्षर गर्ने कै निम्ति कसिएर पोखिनु हुन्छ भने…भन्नुस् त!

कमरेड त्यो आत्मावितान्तलाई हामी आम विद्यार्थी तथा कार्यकर्ताले कसरी स्विकार गरौं ? अनि दोस्रो कुरा सम्धी मात्रै होइन छोरी, ज्वाइँ र बुहारीको विषयमा पनि बोल्ने हिम्मत राख्नुस् होइन भने प्रतिपक्षी हुन ठुलै रहर लागेको हो भने, कांग्रेसमा सभापतिको उमेदवारी दिन जानुस्। या एक ढिक्क भइ विद्यार्थी संगठनको नेतृत्व यसरी गर्नुस् कि म जस्ता लाखौं कार्यकर्ताले मेरो नेता भन्न सकुन्।

विद्यार्थी नेतृ भट्टराईले फेसबुकमा लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस