• २०७७ कार्तिक १३ गते बिहिवार

उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

भक्तपुरकी ६२ वर्षीया महिलाको र काठमाडौंकी ५१ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन्। उनको शनिबार बिहान मृत्यु भएको हो।

यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो। उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

गएराति र शनिबार बिहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस