• २०७७ कार्तिक ६ गते बिहिवार

सरकार कहाँ छ कृषि मन्त्रालय? युवा मन्त्री नै किन सुस्त !

संसारको सबैभन्दा मेहनत गर्ने तर गरीब नै रहने पेशा किसान हो भन्दा फरक नपर्ला तर कोराना भाईरसको कारणले गर्दा किसान संसारको सबैभन्दा धनी हो भनेर चिनियो। अरूबेला बर्गर, पानीपुरी-चटपटे खान धाउनेहरू लकडाउनको बेला किसानले उत्पादन गरेको खाद्यान्न कहाँबाट पाईन्छ भनेर भौतारिएको पाईयो।

सबै व्यापार-व्यवसाय ठप्प रहे। तर, किसानको काम आफ्नो वालीनालीमा काम गर्ने आफ्नो उत्पादन नै आफ्नो भान्सामा पकाउने किसानलाई कहिले खाचो भएन। त्यसो त आफ्नो बारीको आर्गानिक खाद्यान्न भान्सामा पाक्ने भएपछि रोग लाग्छ भन्ने पनि भएन। कोरानाले किसानलाई चिनाउने अवसर मात्रै दिएन किसानको सम्मान सबैले गर्नूपर्छ भन्ने पनि देखियो। सबै पेशामा ठगी हून्छ तर किसानले न ठगी गर्न जानेको हून्छ न त कमिसन खान जानेको छन।

बिचौलियाहरूले किसानको मेहेनतको फाईदा लिन्छन् सरकारले कृषि क्रान्ति भन्छ। तर, नारामा सिमित छन। आजको बढ्दो चाहनाले गर्दा तिन-चार महिना पछि मात्र उत्पादन भएर कमाई पाउने कृषि पेशाले आजको चाहना धान्न गाह्रो छ। हाम्रो छिमेकी रास्ट्र भारतले किसानको लागि बिभिन्न योजना ल्याएको छ। तर, हाम्रो नेपालमा आफ्नो राजनीतिक चलाउने नारामा मात्र सिमित भए किसानको नाराहरू। किसानले भनेको बेला मल पाउने अवस्था छैन।

गाउँमा आजभोली हेर्न पर्छ भनेको बेला मल नपाएर सयौ किलोमिटर टाढा बाट मल लिन आउनूपर्ने वाध्यता छ। एक किसानले भन्नूभयो यो घाममा टाढाबाट बोराको तीन हजार रूपैयाँ हालेरै भएपनि युरियक मल लाने भनेर असीनापसीना भएर आईयो २ घन्टा कूरेर मल त पाईयो। तर, खूल्ला सिमानाबाट आएको मल कतीको गूणस्तरीय छ छैन यो भने हेर्न बाँकी छ।

किसानलाई मल बिउ समयमै उपलब्ध गराउन नसक्नेले के समृद्ध नेपाल सूखी नेपालीको आवज दिनु र? यो बर्षे नि समस्या हो किसानको समस्याको समाधान गर्न त किसानलाई आवश्यक हूनुपूर्व नै पो योजना बनाउनुपर्ने हैन र? कहाँ छ कृषि मन्त्रालय? युवाले चलाएको मन्त्रालय किन यस्तो ? आत्माअलोचना मात्र गरेर के मल पाउँछन् किसानले? घरबेटीलाई ठेक्का दिएर किसानलाई मर्का पार्ने कस्तो नेता छ्न?? राजनीतिक स्वार्थको पछि लाग्ने बिपक्षी दल कहाँ हरायो? किन आवाज उठेन?

मल बिउ समयमै उपलब्ध गराउन नसक्ने मात्र हैन प्राकृतिक प्रकोपबाट आफ्नो वालीनाली क्षति हूदा समेत किशानले क्षतीपूर्ति पाउँदैनन् । त्यस माथी बेला बेला सलह र फौजीले पनि उत्तिकै दु:ख दिएकै छ्न। अन्य व्यवसाय गर्ने पेशा गर्नेको माग सहजै पूरा हून्छ तर बिचार सोझाँ किसानहरू सडकमा नारा जूलूस गर्न जान्दैनन् उनीहरुको माग पूरा कहाबाट होस त? किसान बाजेहरू भन्नू हून्छ छोरा नातीहरुको लागि किसान हौ भनेर गर्व गर्ने बाटो समेत हरायो भन्दै पिडा लूकेका मूस्कान छाड्नुभयो। हाम्रो देशमा अनूदान त आउछ तर मेहनति किसानले हैन पार्टीको झन्डा बोकेर हिड्ने कार्यकर्ताले अनूदान पाउछन्।

अचम्मको कूरा के छ भने किसानको माग पूरा गराउन नागरिक अगुवा,अभियान्ता र राजनीतिक दलहरुले पनि चासो देखाउँदैनन् आजको आवश्यकता आधूनिक कृषि हूनूपर्छ भनेर सबैले भन्छौ तर यो सूस्त छ। अब राज्यले किसानहरूको लागि पनि विशेष व्यवस्था बनाउनुपर्छ किसानहरूलाई पेन्सन पाउने व्यवस्था हूनूपर्छ।

प्राकृतिक प्रकोपबाट क्षति हुँदा किसानले क्षती पूर्ति पाउनुपर्छ आधूनिक खेतीको गाउँ गाउँमा तालीम दिनु पर्छ। अनि बल्ल देशमा कृषिक्रान्ति आउँछ र सुखी नेपाली, समृद्ध नेपाल पुरा हुन्छ।

प्रतिक्रिया दिनुहोस