• २०७७ कार्तिक ४ गते मङ्गलवार

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन: स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगरिने बताउनुभएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा आज विभिन्न संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उहाँले काम गर्ने क्रममा केही कमजोरी भएका भए त्यसलाई सुधार गरेर अघि बढ्न सकिने उल्लेख गर्नुभयो । उहाँले कतिपय अवस्थामा बनिसकेको कार्यविधि वा निर्देशिकामा पनि त्रुटि रहेको र त्यस्ता विषय सच्चाइने जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस