• २०७७ कार्तिक १३ गते बिहिवार

माधब नेपाल भन्छन्- चरीत्र हत्या गर्न खोजियो !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी विवाद विवाद समाधानका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदलको प्रतिवेदनमाथि बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी बैठकमै धारणा राख्ने स्पष्ट पारेका छन्। वरिष्ठ नेता नेपालको टिप्पणी भन्दै सञ्चार माध्यममा आएका आएको कुरा सत्य नभएको वरिष्ठ नेता नेपालको सचिवालयले स्पष्ट पारेको हो।

वरिष्ठ नेता नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमले वरिष्ठ नेता नेपालको टिप्पणी भन्दै आएका समाचारहरुको खण्डन गदै भनेका छन्, ‘नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालज्यूले ‘नेकपा समस्या समाधान सुझाव कार्यदल’ले प्रस्तुत गरेको ‘सुझाव प्रतिवेदन’ प्रति गरेको टीप्पणी भनेर बिभिन्न सन्चार माध्यममा आएको कुरा सत्य होइन।’ वरिष्ठ नेता नेपालले आफ्नो टिप्पणी बैठकमै राख्ने गौतमको भनाई छ।

Santosh Adhikari को फोटो।

प्रतिक्रिया दिनुहोस