• २०७७ कार्तिक ९ गते आइतवार

स्वास्थ्यमा समस्या देखिएपछि जापानका प्रधानमन्त्रीले पदबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने तयारी गरेका छन्।

खराब स्वास्थ्यका कारण उनले राजीनामा दिने तयारी गरेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका बिबिसीले जनाएको छ।

शुक्रबार दिउँसो देशबासीको नाममा सम्बोधन गर्दै आबेले राजीनामाको घोषणा गर्ने तयारी गरेको बताइएको छ।

पछिल्लो एक सातामा मात्रै उनको थुप्रै स्वास्थ्य परीक्षणहरु गरिएका थिए।

६५ वर्षका उनी लामो समयदेखि बिरामी थिए। पछिल्लो समय उनको अवस्था झन् खराब हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस