• २०७७ कार्तिक ४ गते मङ्गलवार

बुटवलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको  कोरोना विशेष आइसोलेसन अस्पतालमा रूपन्देहीका ४० वर्षे पुरूषको मृत्यु भएको हो।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन अस्पतालमा भर्ना भएका तिलोत्तमा ४ का ६० वर्षीय पुरूषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए।

उच्च रक्तचापको समेत समस्या रहेका उनको भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार बिहान साढे २ बजेतिर उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस