• २०७७ कार्तिक १३ गते बिहिवार

उदयराजको अछामदेखि मुम्बईसम्मको राजनीतिक यात्रा

मेरो जन्म बि.स. २०३२ साल मंसिर ८ गते अछाम जिल्लाको विकट क्षेत्र मेल्लेख गाउँपालिका– ६ नवाघरको एक निम्न मध्यम बर्गीय परिवारमा जन्मेको हुँ। मेरो बुबा भारतको मुम्बईमा रोजगारी गनुहुन्थ्यो। उहाँ एउटा प्राइभेट कम्पनीमा जागिरे हुनुहुन्थ्यो।

बि.स. २०४१ सालमा शिसु क्लासबाट खेलडाँडा प्राथमिक विद्यालयबाट अध्यनको थालनी सुरुवात भएको थियो। यस विद्यालयबाट २ कक्षा उतीर्ण भइ ३ कक्षादेखि ५ कक्षासम्म नेन्देश्वरी उच्च माध्यमिक विद्यालयबाट उतीर्ण भइ ६ कक्षादेखि एस.एल.सीसम्म जनता माध्यमिक विद्यालय मेल्लेखबाट राजनीतिक सुरुवात गरी, नेपाल विद्यार्थी संघको पदाधिकारी हुँदै भारतमा प्रारम्भ भयो।

मलाइ सानै उम्मेरदेखि हजुरबुवा हजुरआमा, कान्छाबुवा, कान्छीआमा सहित पुरै परिवार माया गर्नुहुन्थ्यो। मेरा हजुरबुवा पञ्चायत कालमा २ पटक (१० वर्ष) प्रधान पञ्चमा निर्विरोध भइ प्रधान पञ्च हुनुभएको थियो। बि.स. २०४७ सालमा प्रजान्त्र आएपछि हाम्रो पुरै परिवार नेपाली काँग्रेस नै भएका थियौं।

बि.स. २०४८ सालमा प्रतिनिधिसभाको निर्वाचनमा त्यतिबेला अछाम लाई ३ क्षेत्रमा विभाजन गरिएको थियो। हाम्रो १ नम्बर क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार बल कुँवरको चुनावी आमसभा हाम्रो गाउँमा हुँदै गर्दा हामीले राम्रोसँग सहज बाताबरणले सफल परेको थियो। त्यो बेलाको अबस्थालाई मनन गर्दै दुःख र संघर्ष लगनशील हुँदै नेपालको २०५६ साल भारतको सन् १९९७ मा भारतको महाराष्ट्र राज्य मुम्बईमा प्रस्थान भइ अध्यायनको थालनी शुरुवात गरी प्लस टु आई कम पास गरी रोजगारी तिर लम्कीदै सन् २००८ सालमा नेपाल तरुण दल भारतको केन्द्रीय अध्यक्ष टंक रेग्मी (राहुल) सँग पहिलो सम्पर्क भएको थियो। त्यसपछि उहाँको मार्गदर्शनबाट नेपाल तरुण दल भारतको जोगेश्वरी शाखा गठन गरी केहि समयपछि मेरो हितैषी साथी कृष्ण रावल र म लगायतले चारकोपमा पहिलो पटक नेपाल तरुण दल बाट भलिबल प्रतियोगिताको आयोजना गरेका थियौं।

मेरो संघर्ष लगनशीलताको उच्च मूल्याकन गरेर नेपाल तरुण दल भारतका केन्द्रीय अध्यक्ष टंक रेग्मीबाट मुम्बई जिल्ला समितिको अध्यक्ष बनेर कार्य गर्ने अवसर र मौका मिलेको थियो। त्यसपछि सन् २००९ मा नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रको क्षेत्रीय चौथो अधिबेशन हुन लागेको समयमा मीन बोहोरा सर्ब सहमतिबाट क्षेत्रीय अध्यक्ष चयन हुनुभयो।

म पनि क्षेत्रीय सदस्य स्वास्थ्य सचिवमा निर्वाचित भई स्वास्थ्य शिविर भलिबल प्रतियोगिताको आयोजना गरी राम्रो किसिमले कार्यक्रम सु–सम्पम्न्न गरी पहिलो कार्यकाल राम्रोसँग बित्यो। फेरी क्षेत्रको अर्को अधिबेशन सन् २०१४ सालमा पुणेमा सम्पन्न भएको त्यो अधिवेशनमा मीन बोहोरा र भक्त चलाउनेको प्रतिस्प्रर्धा हुँदै मीन बोहोरा विजय हुनुभयो। र भक्त चलाउने पराजित हुनुभएको थियो। त्यो कार्य समितिमा म क्षेत्रीय उपाध्यक्षमा निर्वाचित भइ कार्यकाल बित्यो। त्यसपछि सन् २०१८ मा सम्पूर्ण कार्यकर्ताको म प्रतिको संघर्ष ईमानदारिता, लगनशीलता, निष्ठा कर्मठको विश्वास गरी क्षेत्रीय अध्यक्षको उम्मेदवार हुन पुगे। जनार्दन कार्यकताको विशाल लहर हुँदै गर्दा अध्यक्ष हुने निश्चित भएको थिए। त्यसमा पनि मीन बोहोरा र म बीच प्रतिस्पर्धा हुने अबस्थाको बाताबरणले गर्दा नेपालबाट आउँनुभएका पर्यवेक्षक पूर्वमन्त्री एन.पी साउद लगायत नेतागणहरु र नेपाली जनसम्पर्क समिति केन्द्रीय अध्यक्ष लगायत केन्द्रीय कार्य समिति, क्षेत्रीय समिति र शाखाहरुको भद्र सहमतिबाट २–२ वर्ष कार्यकालको बिभाजन गरी पहिलो पटक मीन बोहोरा र पछि मेरो कार्यकालको सर्वसहमति गरिएको थियो।

यो भद्र सहमतिलाई राम्रोसँग पालना गरिएकोमा मीन बोहोरा लाई हार्दिक धन्यवाद दिन चाहन्छु। मेरो मान्यता हो – फेरि राजनीतिमा लागेका सबै खराब नै छन् भन्ने पनि होइन त्यहाँ भित्रका राम्रा पक्षलाई लिएर कमजोरीको सुधार गर्न सक्नु नै अहिलेको अवश्यकता हो। कुशल साथीहरु माझ जिम्मेवारी बाँडफाड र युवाहरुलाई समाज बदल्न प्रेरित गर्नेछु। धन्यवाद –जय नेपाल ।।

नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका क्षेत्रीय अध्यक्ष उदयराज खडकासँग गरिएको कुराकानीको आधारमा

प्रतिक्रिया दिनुहोस