काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ३ सय ७७ कोरोना संक्रमित थपिएका छन्।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २ सय ७०, ललितपुर ६६ र भक्तपुरमा ४१ गरी ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको बताए।