• २०७७ कार्तिक ९ गते आइतवार

मेरो एक्लै प्रयासबाट लोडसेडिङ अन्त्य भएको होइन: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरएणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक जना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङ अन्त्य नभएको प्रस्ट पारेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा चर्को टिकाटिप्पण हुन थालेपछि घिसिङले प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक सूचना सम्प्रेषण दगरिदिन आग्रहसमेत गरेका छन्।

उनले आफू २९ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएको स्मरण गर्दै नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत् यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस