• २०७७ कार्तिक १३ गते बिहिवार

दुवै मृगौला फेल भएपछि दैलेखी युवाद्धारा जीवन बचाइदिन आग्रह

अनेक सपना भित्र खेल्ने लोक बहादुर अहिले छटपटाइरहेका छन्। दुवै मृगौला फेल भएर उपचारका लागि अस्पतालमा भर्ना भएका छन् – उनै लोक बहादुर विक। एक वर्षदेखि अन्जान सहर (काठमाडू)मा उपचारमा भएभरको सम्पत्ति सकिएपछि जीवन बचाइदिन सबैसँग सहयोग याचना गरेका छन्।

सकेजति सरसापटी गरेको लोक बहादुरको परिवार अहिले आर्थिक हैरानीमा बाँचिरहेको छ। दैलेख जिल्ला ठाटिकाँद वडा ५ तोलिजोसी निवासी लोक बहादुरले उपचारकै लागि भएजतिको आफ्नो जग्गा–जमिन बेचिसकेका छन्।

श्रीमतीले एउटा मृगौला दिदाँ समेत प्रत्यारोपण गर्ने पैसा नहुदाँ लोक बहादुरको परिवार तनाबमा बाँचिरहेको छ। एउटा मृगौला प्रत्यारोपण गर्न चिकित्सकले नौं लाख रुपैयाँ खर्च लाग्ने बताएको बिनोद बिश्वकर्माले नेपाल न्यूज दैनिकलाई जानकारी दिए।

अंशमा परेको जग्गा पनि बेचेर खर्च गर्दा रकम सकिएर जीवन–मरणको दोसाँधमा आइपुगेको लोक बहादुरका परिवारको गुनासो छ। परिवारको खर्च धान्ने मानिस नै अस्पतालको सैयामा एक वर्षदेखि छटपटाइरहेपछि अहिले परिवारमा आर्थिक संकट आइपरेको छ।

लोक बहादुरको उपचारमा सहयोग गर्ने उदेश्यले मुम्बईमा रहेका केहि युवाहरुले आर्थिक सहयोग संकलनका लागि अभियान थालेका छन्।

यदि लोक बहादुरका लागि सहयोग गर्न इच्छुक हुने कोहि कसैले निम्न ब्यक्तिहरुसँग सम्पर्क गर्न सकिने छ– बिनोद बिश्वकर्मा (9930736712) मालाड, रबिन्द्र तिरुवा (8097971375) बोरिवली, बीर बहादुर विक (9819143266) मालाड।

डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको पीडित लोक बहादुरले बताएका छन्। तर, उनले सहयोग गरेर आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस