• २०७७ कार्तिक ६ गते बिहिवार

कुलमान नदोहोर्‍याउने सर्तमा, उर्जामा निरन्तरता पाउँदै बर्षमान

उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी सकिदै छ। घिसिङलाई नै थप कार्यकालका लागि कार्यकारी निर्देशकमा दोहोर्‍याउनुपर्ने माग यतिबेला चौतर्फी रुपमा ब्यापक ढंकले उठिरहेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा मन्त्री बर्षमान पुन कुलमानलाई नेपाल विद्युत प्राधिकरणमा निरन्तरता दिने सन्दर्भमा सकारात्मक छैनन्। तर, कुलमानलाई भने देश तथा विदेशबाट उनका समर्थकहरुले थप चार बर्षका लागि निरन्तरता दिन दबाब दिइरहेका छन्।

अंध्यारो अबस्थामा गुज्रिरहेको नेपाललाई तत्कालिन उर्जा मन्त्री गोर्कण बिष्ट र जनार्दन शर्माको ठुलो प्रयासले उज्यालो नेपाल बनाउँने सफलता पाएको थियो। अझ् भन्नु पर्दा यसको सबैभन्दा ठुलो जस तत्कालिन मन्त्री जनार्दन शर्मा र कुलमान घिसिङलाई नै जाने गरेको छ।

नेकपा अध्यक्ष प्रचण्ड निकट रहेका जनार्दन शर्मा र बर्षमान पुनको राजनीतिक टकरापले समेत कुलमान घिसिङसम्म राजनीतिक हावा आइपुगेको कतिपयको बिश्लेषण छ। अहिले मन्त्री बर्षमान भएतापनि उर्जा मन्त्रालयमा चर्चा तत्कालिन मन्त्री जनार्दन र कुलमान घिसिङ कै हुने गरेको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्नका लागि शिर्ष नेताहरुसँग परामर्श थालेका छन्। योसँगै उर्जा मन्त्रालयमा पुनः जनार्दन शर्मा आउँने चर्चाले मन्त्री बर्षमान प्रधानमन्त्री ओली जे चाहान्छन् त्यो गर्न थालेको स्रोतको दाबी छ। यसोत प्रधानमन्त्री ओली कुलमान चाहादैनन्।

प्रधानमन्त्री ओलीको इच्चा अनुरुप उर्जा मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा कुलमान बाहेक अन्य कुनै नाम प्रस्ताव गर्ने सर्तमा उर्जा मन्त्रीमा बर्षमानले निरन्तरता पाउँने खेल थालेको नेकपाकै कतिपय नेताहरुले आरोप लगाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस