• २०७७ कार्तिक ११ गते मङ्गलवार

मुख्यमन्त्रीज्यू रोजगारी खै.. – जनताले प्रश्न गर्ने छन् !

भ्रष्टाचार बिरोधी अभियन्ता तथा साझा सद्भाव समूह भारतका केन्द्रीय संयोजक गंगाप्रसाद भट्टराईले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सामाजिक संजालमार्फत सिधा प्रश्न गरेका छन्।

मुख्यमन्त्री भट्टले आफु मुख्यमन्त्री भएपछि सुदूरपश्चिमका जनताहरु रोजगारीको लागि भारत जानु नपर्ने अभिब्यक्ति दिएका थिए। उनी मुख्यमन्त्री भएको तीन बर्ष पुरा भइसक्दा समेत जनतालाई रोजगारी दिने कुनै छनक नदेखाएपछि भट्टराईले मुख्यमन्त्रीलाई प्रश्न गरेका हुन्।

फेसबुकमा भट्टराई लेख्छन्– मुख्यमन्त्रीजीले अब सुदूरपश्चिमेली जनताले भारतमा जानूु पर्दैन भन्नुभएको थियो, भने अहिले त प्राकृतिले पनि त्यो वातावरण सिर्जना भएको छ, मुख्यमन्त्री जी अब आफ्नै अभिव्यक्तिलाई व्यवहारमा उतार्नुप¥यो।
जनताहरुले अहिले अनुरोध मात्रै गरेका छन्। भविस्यमा प्रश्न पनि गर्ने छन्। मुख्यमन्त्री ज्यू।

प्रतिक्रिया दिनुहोस