जिते पछि कुर्सी नभेटे झल्किन्छ राष्ट्रवाद
पद पाए भ्रष्टाचारमा पल्किन्छ राष्ट्रवाद!
विगत देखि वर्तमानसम्म हेरियो नेता ज्यु
पराजित प्रतिपक्ष बसे टल्किन्छ राष्ट्रवाद!
महल बनाउन पजेरो कुदाउन हतार गरी
क्षण भर विदेश तिर ढल्किन्छ राष्ट्रवाद!
मन्त्र अघि पछि जसले जति जपेए पनि
भित्र-भित्रै छिमेक तिर सल्किन्छ राष्ट्रवाद!
चुनाब आउदा गाउँ-गाउँ कुरा कन्दरा पुगि
भोट माग्न मात्र हिरा झै चल्किन्छ राष्ट्रबाद!
छान्ना, बझांग
हाल : मलेसिया