• २०७७ कार्तिक ८ गते शनिवार

कमजोर आत्मविश्वासका मानिस बढी आक्रोशित र असहिष्णू हुन्छन्!

अरूलाई आलोचना गर्यो भने साम्प्रदायिकता हुने तर बाहुन क्षत्री खसलाई गाली गर्यो भने क्रान्तिकारी न्याय गरेको हुने?

अरू धर्मावलम्बीको बारेमा बोल्यो भने धार्मिक असहिष्णूता र सामाजिक सद्भाव खल्बलाएको हुने तर हिन्दू आस्था मान्नेहरू बिरूद्धमा विष बमन गरे न्याय मागेको हुने?

अरू जातजाती, भाषा समुदायका बारेमा चर्चा गरे हेपेको हुने तर बाहुन क्षत्री खसको बारेमा मनपरी बोले पनि सामान्य र जायज मान्ने?
यस्ता ब्यवहारलाई बेलैमा जिम्मेवारहरूले सम्हालेनन् भने देश अझै ठूलो प्रतिक्रियात्मक द्वन्द र प्रतिकारमा जान सक्छ।

हिन्दूका आस्थाका सबै पक्षमाथि निरन्तर आघात गरिदै गरेको र अहिलेका जिम्मेवार पदमा रहेका नेताहरू र सरकारका जिम्मेवारहरूको मौन समर्थन र पुट मिलिरहेको जनताले प्रष्ट देखिरहेका छन्। यो भिषण खराब संकेत हो। यसमा अब पनि सचेत भइएन भने यसको नतिजा ज्यादै अप्रिय हुने अवश्यंभावी छ। नेपालीको भाषा, संस्कृति, परम्परा, मान्यता, श्रद्धा र आस्थाका वस्तुहरूविरूद्ध मनपरि बोलेर समाजमा बैमनस्यता बढाउन खोज्नेहरूको मुख थुनियोस् र मुखछाडाहरूलाई कानुनको कठघरामा उभ्याईयोस्।

नेपालमा बाहुनक्षेत्री र खसको जनसंख्या ३३% छ र यिनमा विविधतायुक्त अरू जातजाति वा समुदायहरू भन्दा भाषा, मान्यता, परम्परा, धार्मिक प्रचलन, देवीदेउता, कर्मकाण्डमा समानता र एकरूपता पनि बढी छ। हिन्दू सनातनी शास्त्रहरू र संस्कृत, भाषा, साहित्य मूल्य मान्यताबाट दीक्षित भएकाले र हजारौँ वर्षदेखि बुद्धि खेलाउने पेशा र काम परम्परागत ढंगमा गरिआएकाले यिनमा आत्मविश्वास, सहनशीलता र क्षमता पनि बढी छ। समाजमा सहनशीलता कमजोरी होईन, सबैले बुझ्न जरूरी छ। शक्तिशाली, आत्मविश्वासी, बुद्धिमा विश्वास गर्ने र बलियाहरू बढी सहनशील हुन्छन्। कमजोर आत्मविश्वासका मानिसहरू बढी आक्रोशित र असहिष्णू हुन्छन्।

कसैलाई खुईलाएर न्याय पाईन्छ भन्ने भ्रम कसैमा अझै छ भने आजैदेखि बाहमतीमा सेलाईदिउन्। अर्काको आस्थाका धरोहर गाई मार्ने, झण्डा जलाउने, मन्दिर भत्काउने, पुजारी मार्ने, संस्कृत भाषा साहित्यबिरूद्ध जहिले सुकै मनपरी विष ओकल्नेहरू अहिले सुरक्षित छु भन्ने ठाने पनि समाजमा सधै सुरक्षित नहुन सक्छन्, कालान्तरमा त्यसको प्रतिक्रियाबाट गंभीर प्रताडित हुने संभावना रहन्छ।

बहुल आस्थाको हाम्रो विविधतायुक्त नेपाल भूमिमा सबै जिम्मेवार हुन जरूरी छ। आफ्नो अधिकार खोज्दा अरूको आस्थामा कदापी धावा बोल्नुहुदैन, यो भ्रमबाट सबै जागून्।

भीम उपाध्यायको Facebook बाट साभार

प्रतिक्रिया दिनुहोस