• २०७७ कार्तिक ६ गते बिहिवार

प्रहरीले चलाएको गोली लागेर झापामा एकजनाको मृत्यु

झापाको झापा गाँउपालिका- ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरीले चलाएको गोली लागि कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो।

सो क्रममा गोली लागि गम्भीर घाइते भएका आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ ७:३0 बजेतिर मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

प्रतिक्रिया दिनुहोस