• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रिय महासचिब हर्क स्वारलाई कोरोना संक्रमण

नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रिय महासचिब हर्क बहादुर स्वारलाई कोरोना संक्रमण देखिएको छ। उनले यसबारे आफै समेत फेसबुकमा जानकारी दिएका छन्।

संक्रमण देखिएपछि स्वार अस्पतालमा भर्ना भएका छन्। भारतीय सांसद सुधीरजी गुप्ता र शंकर लालवानीको निर्देशनमा उनको विशेष अस्पतालमा अहिले उपचार भइरहेको नेपाली संस्कृति परिषद् अन्तर्राष्ट्रिय मिडिया प्रभारी अशोकसिंह कसाराले नेपाल न्यूज दैनिकलाई जानकारी दिए।

स्वार भारतमा बसोबास गर्ने प्रवासी नेपालीहरुका मार्ग दर्शक, अग्रज समाजसेवी तथा राजनीतिज्ञ समेत हुन्।

कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचाररत स्वारको नेपाल तथा भारतका राजनीतिज्ञ, समाजसेवी तथा आम नागरिकहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस