• २०७७ कार्तिक ६ गते बिहिवार

कोरोना संक्रमणबाट बारामा १४ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ। सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए।

बिहान २ जना र राति दुई जनाले ज्यान गुमाएका हुन्। राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय अशोकप्रसाद यादव रहेको डिएसपी मिश्रले बताए।

बिहान सुवर्ण गाउँपालिका वडा नम्बर ५ औरैयाका ७२ वर्षीय धुपलाल यादव र महागढीमाई नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय गेनाप्रसाद साहको मृत्यु भएको थियो। मृतक चार जनाको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो। कोरोनो पोजिभिट देखिएपछि उपचाररत रहेका उनीहरुको अस्पतालमै ज्यान गएको हो।

योसँगै बारामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस