• २०७७ कार्तिक १३ गते बिहिवार

केही त मान राख ती पुर्खाहरुको निम्ती (गजल)

यहाँ दुख्यो कदापी भन्दैन मेरो देश
पिडा उखेल्न सक्ने भाछैन मेरो देश ।

बहासा र गिद्दले नै बरवाद पारेका छन
बाँकी नआउ थेक्न सक्दैन मेरो देश।

केही त मान राख ती पुर्खाहरुको निम्ती
सित्तैमा खाने पेवा चाही होइन मरो देश।

तिम्रा ती भाषण सुनेर बस्ने गया जमना
स्वर्ग बनाउने भन्थ्यौ त्यो भएन मेरो देश।

यहाँ दुख्यो कदापी भन्दैन मेरो देश
पिडा उखेल्न सक्ने भाछैन मेरो देश।।

– गजल

प्रतिक्रिया दिनुहोस