• २०७७ कार्तिक ९ गते आइतवार

पछिल्लो २४ घण्टामा ८८५ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा थप ८८५ जनाका कोरोना पोजिटिभ देखिएको हो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ। १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्।

जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २५२ पुगेको छ।

गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ जुन हालसम्म सर्वाधिक दैनिक वृद्धि हो।

यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो। अहिलेसम्म नेपालमा १७५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ।

त्यस्तै ९८३१ जना देशभरका क्वारेन्टिनमा रहेका छन्। मन्त्रालयका अनुसार देशभरका आईसीयूमा १५१ जना र भेन्टिलेटरुमा १४ जनालाई राखेर उपचार भइरहेको छ। त्यसमध्ये प्रदेश-१ मा १६ जना, प्रदेश-२ मा ४४ जना, बागमती प्रदेशमा ७१ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश-५ मा १७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।

प्रदेश-१ मा १ जना र बागमती प्रदेशमा १३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस